सबै कागजात उपलब्ध गराउँदा पनि नारिकता दिइएन
नेपालबहस संवाददाता
कात्तिक ६, २०७७ बिहिबार २१:९:२५
६ कार्तिक, फिदिम । पाँचथरको हिलिहाङ ६ जोरपोखरी बस्ने योगराज राईको नागरिकताको प्रमाणपत्र हराएको एक वर्ष भयो । गत वर्ष काठमाडौंको कोटेश्वरमा पकेटमारले आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र सहितको पर्स चोरेको उनले बताए ।सक्कल नागरिकताको प्रति हराएपछि प्रतिलिपि बनाउनका लागि जिल्ला प्रशासन कार्यालय धाएको एक हप्ता बित्दा पनि उनले प्रतिलिपि पाएनन ।
प्रतिलिपिका लागि पुरानै नागरिकताको प्रतिलिपि, अनुसूचिबमोजिम भरेको फाराम, बसाइँसराइँको प्रमाणपत्र,मतदाता परिचयपत्र, वडा कार्यालयको सिफारिस,छोराको नागरिकताको प्रतिलिपि ,श्रीमतीको नागरिकताको प्रतिलिपि र भोजपुर जिल्लाको अभिलेख डढेर नष्ट भएको जानकारीपत्र सहितको नागरिकता लिन आवेदन गर्दा पनि आफूलाई उक्त कार्यालयले नागरिकता दिन नमानेको राईको गुनासो थियो ।
भोजपुर जिल्लाबाट पाँचथरमा बसाइँसराइँ गरेर आएका उनले आफ्नो वा श्रीमतीको नाममा जग्गाको रजिष्ट्रेशन गराउनु्पर्नेमा नगरेका कारण उनको नागरिकता रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा गुरागाईले भने,“ उनले आफू सरकारी जग्गा हडपेर बसिरहेको तर कार्यालयमा आफ्नो वा श्रीमतीको नाममा रहेको जग्गाको धनीपुर्जा ल्याउन भन्दापनि सक्नुभएन् त्यसैकारण प्रतिलिपि नदिइएको हो ।” राईको नागरिकता भोजपुर जिल्ला प्रशासन कार्यालयले ०४६ साल असार ६ मा बनाइदिएको थियो ।
उनी ०५६ सालमा पाँचथरमा बसाइँसराइँ गरेको बसाइँसराइँको पत्र भने ०६६ साल चैत्र १० गते मात्रै ल्याएका थिए । उनकै नागरिकताबाट श्रीमतीको ०६९ साल फागुन २४ गते छोरा अनिलको ०७५ साल वैशाख १३ गते नागरिकता बनाइएको थियो । यतिका प्रमाण हुँदा पनि प्रशासनले नागरिकता बनाइ नदिँदा आफूलाई दुःख लागेको गुनासो गर्दै राईले भने,“ जिल्ला प्रशासनले नागरिकता दिएनभने अदालतको ढोका ढकढक्याउन पनि पछि पर्दिन् ।”
गैर सरकारी संस्था महासंघ प्रदेश १ का सहसचिव बालकृष्ण ओझाले पनि यतिका धेरै आधार भएर पनि जिल्ला प्रशासनले राईको नागरिकताको प्रतिलिपि नबनाउनु दुखद भएकाले अविलम्व बनाइदिन आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार