यो वर्ष कांग्रेसले चियापान नगर्ने
नेपालबहस संवाददाता
कात्तिक ६, २०७७ बिहिबार २२:३:५
६ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसले विगत चार दसक भन्दा अगाडिदेखि थालिएको चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ । २०३४ सालदेखि राष्ट्रिय मेलमिलाप कार्यक्रमका रुपमा बीपी कोइरालाले थालेको चियापान कार्यक्रम यो वर्ष कोरोना कहरले गर्दा नगर्ने निर्णय पार्टीले गरेको छ ।
हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन गरिने चियापान यसपाला नगर्ने जानकारी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिए । ०३३ साल पुस महिनामा नेपाली कांग्रेसका संस्थापक नेता कोइराला भारतको निर्वासन त्यागी स्वदेश फर्किएका थिए । त्यसको लगत्तै अर्काे वर्षबाट कांग्रेसले हरेक वर्षको कोजाग्रत पूर्णिमाका दिन चियापान गर्दै आएको छ ।
पञ्चायतको क्रुर शासन कालमा समेत कार्यक्रम हुने गरेको थियो । हरेक वर्ष गरिने यस्तो कार्यक्रममा राजनीतिक जमघट हुने गरेको थियो । यसअघि पार्टी सभापतिहरुको मृत्यु भएको वर्षमा पनि कार्यक्रम स्थगित गरिएका थिए । तर अन्य कारणले भने यो नै पहिलो पटक हो– प्रवक्ता शर्माले भने ।
कांग्रेसले यस्तो कार्यक्रम थालेपछि अरु राजनीतिक दलहरुले समेत अन्य दिन पारेर यस्तै चियापान गर्ने गरेको छन् । देशमा वहुदलीय व्यवस्था पुनस्थापना भएयता यस्ता कार्यक्रम अझै महत्वपूर्ण र प्रभावकारी हुने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
राष्ट्रिय सभामा शाक्य र महालेखा परीक्षकमा राया नियुक्त
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
कम्बोडियालाई पराजित गर्दै युएई सेमिफाइनलमा
बैशाख ५, २०८१ बुधबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद, सात जनाले आज लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
शरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार