अस्पतालमा उपचारत तीन कोरोना संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक ७, २०७७ शुक्रबार १९:२१:४६
७ कार्तिक चितवन । जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना संक्रमिततको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक संक्रमितको मृत्यु भएको हो ।
चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा ८४ वर्षीया महिला र ७० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ । राप्ती नगरपालिका–५ निवासी ८४ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ४ः१९ बजे मृत्यु भएको हो । कात्तिक ५ गते श्वासप्रश्वास र उच्च ज्वरोको समस्या भई अस्पताल भर्ना भएकी उनमा ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उच्च रक्तचाप, बाथ रोग र निमोनियाको समेत समस्या रहेकी उनलाई सघन उपचार कक्षमा उपचार गरिएको थियो ।
सोही कलेजमा उपचाररत ७० वर्षीय सङ्क्रमित पुरुषको आज बिहान ८ः४४ बजे मृत्यु भएको छ । चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार भरतपुर महानगरपालिका–७ निवासी पुरुषको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । कात्तिक २ गते श्वासप्रश्वास र मिर्गौलाको समस्या भई अस्पतालमा भर्ना भएका उनको सोही दिन कोरोना पुष्टि भएको थियो । उनी मिर्गौला र उच्च रक्तचापको समेत बिरामी थिए ।
यस्तै भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको बिहीवार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। कात्तिक ६ गते संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनमा असोज २६ गते कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि उपचारका सबै उपाय गर्दागर्दै मृत्यु भएको पौडेलले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार