अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित
नेपालबहस संवाददाता
कात्तिक ८, २०७७ शनिबार २०:५५:३५
८ कार्तिक, इडाहो । अमेरिकामा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका कारणले संक्रमितहरुको संख्यामा बृद्धि भएको अधिकारीहरुले जनाएका छन् ।
केही अस्पतालहरुमा संक्रमितहरुको संख्या अत्यधिक भएको र उनीहरुकोमा त्यो संख्या पनि अहिलेसम्मकै धेरै भएको जनाइएको छ । अमेरिकामा शुक्रवार ८३ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रण पुष्टि भएको तथ्याङ्का छ । तर मृत्यु दर भने राम्रो उपचारका कारण कम भएको बताइएको छ ।विभिन्न निकायहरुले दिएको विवरण अनुसार अमेरिकामा कोरोनाभाइरसको महामारी शुरू भए यता ८५ लाख मानिसहरू कोरोना भाइरस संक्रमित भएका छन् ।यस अघि एकैदिनमा सवैभन्दा धेरै संक्रमित गत जुलाई १७ मा भएका थिए । त्यो दिन ७६ हजार ८ सय ४२ रहेकोमा अहिले झण्डै ६ हजारले बढी भएको देखिएको छ ।
त्यसैगरी साप्ताहिक विवरण हेर्दा पनि गत एक हप्तामा ४ लाख ४१ हजार भन्दा बढीमा संक्रमित भएका छन् । यो सङ्ख्या पनि जुलाई यताको सबभन्दा धेरै भएको जनाइएको छ। तर मृत्यु भएकाहरुको सङ्ख्या भने गत अप्रिलको भन्दा कम नै रहेको छ । अप्रिलमा दैनिक दुई हजारको मृत्यु भएको थियो ।पछिल्ला केही दिनदेखि सहरुको संंक्रमित संख्यामा बृद्धि भएसँगै अस्पताल भर्ना हुनेहरुको संख्यामा पनि बृद्धि भएको छ । शुक्रवारको तथ्याङ्क अनुसार ४१ हजार ४८५ जना विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कतिपय देशहरुमा पछिल्लो समयमा फेरी संक्रमितहरुको संख्या बढ्न थालेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि अमेरिकासहितका कतिपय मुलुकहरुमा कोरोनाभाइरसको सङ्क्रमण फैलिने क्रम अत्यन्त धेरै रहेको र ती क्षेत्रको अवस्था कठिन रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
बैशाख १२, २०८१ बुधबार
अमेरिकाले युक्रेन, इजरायल र ताइवानलाई दिने सहायता प्याकेज अनुमोदन
बैशाख १२, २०८१ बुधबार
समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
बैशाख १२, २०८१ बुधबार