संक्रमणबाट गण्डकीमा थप ४ जनाको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक ९, २०७७ आइतबार १६:२२:५५
९ कार्तिक, गण्डकी । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक चारैजना पोखरा महानगरपालिका निवासी हुन् ।
पोखरा–१ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बेलुका ७ बजेर ४५ मिनेटमा चरक मेमोरियल अस्पतालमा निधन भएको थियो । कोभिड–१९ संक्रमित उनलाई निमोनियाको समेत समस्या रहेको निर्देशनालयले जनाएको छ । असोज ३० गते उपचारका लागि भर्ना गरिएका उनमा कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै, पोखरा महानगरपालिका–२२ का ६८ वर्षीय पुरुषको पनि शनिबार बिहान गते ९ः३० मा गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा निधन भएको छ । कोभिड–१९ सहित निमोनियाको समस्या रहेको उनमा कार्तिक ६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएलगत्तै उनलाई ७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
अर्का मृतक पोखरा महानगरपालिका–३१ का ५८ वर्षीय पुरुष हुन्। उनको शनिबार दिउँसो ४ः२५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको आईसियुमा उपचारको क्रममा निधन भएको हो ।
कोभिड–१९ सहित निमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या भएका उनलाई कार्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई ७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
निर्देशनालयले दोस्रो विज्ञप्ति जारी गर्दै थप एकको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । अर्का मृतक पनि पोखराकै हुन् ।
पोखरा महानगरपालिका–१५ का ५२ वर्षीय महिलाको शनिबार राति १०ः२० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आईसियुमा उपचारका क्रममा निधन भएको हो । उनमा शनिबारमात्रै कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनको शव ब्यवस्थापनको तयारी भरहेको छ भने अन्य तीन जनाको शव व्यवस्थापन भइसकेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार