शनिबार , मंसिर १३, २०७७

अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग

अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग

 ९ कार्तिक, गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–२ मोथ्याईका बासिन्दाले अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गरेका छन् । शनिबार स्थानीय २३ वर्षीया विनिता थापाको सदरमुकाम गाइघाटस्थित टाइम्स पोलिल्किनिकमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अवैध रुपमा सञ्चालित उक्त क्लिनिकका सञ्चालक डा रामजीवन यादवले गलत औषधि दिँदा थापाको मृत्यु भएको उहाँका आफन्तको आरोप छ । सञ्चालक यादवलाई कारवाही गर्नुपर्ने तथा अवैध रुपमा सञ्चालित सो क्लिनिक बन्द गर्नुपर्ने माग गर्दै थापाका आफन्त आन्दोलनमा उत्रिएका छन् ।

क्लिनिक सञ्चालक यादवलाई कारवाही नगर्दासम्म शव नबुझ्ने उनीहरुले अडान लिएका छन् । शनिबार दिउँसो बिरामी भएपछि थापालाई उपचारका लागि यादवको क्लिनिकमा भर्ना गरिएको थियो । उपचारपछि पनि थापाको अवस्था झन जटिल बनेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनको जिल्ला अस्पतालमा मृत्यु भएको बिरामीका आफन्त विक्रम थापाले बताए।

अवैध रुपमा सञ्चालित क्लिनिकका सञ्चालक डा यादवको लापरवाहीका कारण ति युवतीको मृत्यु भएको उनले आरोप लगाए। मृतक युवतीको शव जिल्ला अस्पतालमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले अवैध रुपमा सञ्चालित डा यादवको क्लिनिकको विषयमा छानबिन थालिएको जानकारी दिए । क्लिनिकका सञ्चालक डा यादवलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताए । हाल उक्त क्लिनिक बन्द गराइएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

दक्षिण भारतमा शक्तिशाली तुफानसँगै भारी वर्षा र तीब्र गतिमा हावा दक्षिण भारतमा शक्तिशाली तुफानसँगै भारी वर्षा र तीब्र गतिमा हावा २ दिन पहिले
भारतम थप ४३ हजारमा कोरोना पुष्टि, संक्रमितको संख्या ९३ लाख नाघ्यो भारतम थप ४३ हजारमा कोरोना पुष्टि, संक्रमितको संख्या ९३ लाख नाघ्यो १४ घण्टा पहिले
धार्मिक पर्वमा श्रद्धालुलाई देवघाट नआउन आग्रह धार्मिक पर्वमा श्रद्धालुलाई देवघाट नआउन आग्रह २ दिन पहिले
नबिल बैंक र दराज नेपालबीच सम्झौता, सारथी योजनामार्फत कर्जा लगानी हुने नबिल बैंक र दराज नेपालबीच सम्झौता, सारथी योजनामार्फत कर्जा लगानी हुने ४ दिन पहिले
स्पाइनल मस्कुलर एट्रोफी रोगसँग लडिरहेकी सियोनालाई सृजनाले गरिन् आर्थिक सहयोग स्पाइनल मस्कुलर एट्रोफी रोगसँग लडिरहेकी सियोनालाई सृजनाले गरिन् आर्थिक सहयोग १६ घण्टा पहिले
चीन र जापानबीच अर्थतन्त्र पुनरुत्थानका लागि सहकार्यमा जोड चीन र जापानबीच अर्थतन्त्र पुनरुत्थानका लागि सहकार्यमा जोड २ दिन पहिले
उदाउँदो सूर्यलाई अर्घ दिई सकियो छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिई सकियो छठ पर्व ७ दिन पहिले
जोखिम कायमै रहेकोले तत्काल विद्यालय खोल्न सकिँदैन जोखिम कायमै रहेकोले तत्काल विद्यालय खोल्न सकिँदैन १८ घण्टा पहिले