अब कांग्रेस र देश जोगाउने जिम्मा डा. शेखर कोइरालाको
नेपालबहस संवाददाता
कात्तिक १०, २०७७ सोमबार २१:३८:२
वर्तमान समयमा नेपाली कांग्रेस असाध्यै गम्भिर मोडमा आएर उभिएको छ । देशमा रहेका विभिन्न राजनैतिक दलहरुको कार्यशैली र ब्यवहारलाई प्रत्यक्ष अनुभव गरिसकेका नेपाली नागरिकहरुमा बिस्तारै स्थिर र विश्वसनिय राजनैतिक शक्तिका रुपमा नेपाली कांग्रेस मात्र रहेछ भन्ने अनुभूति बढदै गैइरहेको छ । नागरिकको यहि बिश्वास र सहानुभूतिलाई अबको नेपाली कांग्रेसको नेतृत्वले समात्न आवश्यक छ । कुनै समयमा राजा कै छत्रछायाँमा हुर्किएका कम्यूनिष्ट पार्टीको वर्तमान नेतृत्वले राजसंस्था नै उखेलेर फाल्ने सम्मको कार्य सम्पन्न गराउन नेपाली कांग्रेसको बैशाखीलाई जसरी उपयोग गर्यो त्यसको समेत गहिरो अध्ययन गर्ने राजनैतिक शाहस र हिम्मत पनि नेपाली कांग्रेसले गर्नु परेको छ ।
अभिभावक बिहिन घर र नेतृत्व बिहिन देशको हालत उस्तै उस्तै हुने कुराको अनुभव पनि हामिले गरिसकेका छौं । राजा र सनातन हिन्दूराष्ट्र हुँदाको नेपाल र धर्म निरपेक्षता र संघियतामा देखिएका बिमिराहरुलाई पनि अब गहन रुपले नेपाली कांग्रेसले नै बिश्लेषण गर्न आवश्यक छ । देश बचाउने या राजनैतिक बिचार र शिद्धान्त ? यो बिषयमा पनि अब नागरिक स्तरमा बहश चलाउन जरुरी भैसकेको छ । देशको मायाँ देशमै जन्मिएको र देशमै हुर्किएको नागरिकलाई बढी हुने गर्दछ । देशै नरहे पनि केहि बिदेशी शिद्धान्तवाला राजनैतिक दल या बिदेशी झण्डावालाहरुलाई केहि फरक पर्नेबाला छैन । मुलुकको अस्मिता बेचेर आफ्नो लाज छोप्नेहरुबाट अब मुलुक जोगाउने बेला आईसकेको छ । यो देश हाम्रा सन्तान, दरसन्तानलाई बिग्रिएको, भत्किएको या जिर्ण अवस्थामा पुर्याईएको नेपाल हैन अझ हराभरा, समुन्नत र बिकसित मुलुक बनाएर छोडेर जानु छ ।
जनताको अथक परिश्रम, त्याग र बलिदानीबाट प्राप्त बर्तमान संघिय गणतन्त्रात्मक शासन ब्यवस्थाले नागरिकहरुलाई केहि पनि राहत र शाहस उपलब्ध गराउन सक्दैन भन्ने कुरा अब स्पष्ट भैसकेपछि किन यस्तो थारो भैसी पालेर राख्नु ? जनता के कुरामा खुसी हुन्छन् भन्ने कुराको अध्ययन गरेर देशमा रहेका राजनैतिक दलहरुले सोहि अनुरुपको नीति, कार्यक्रम र शैद्धान्तिक बहश शुरु गर्नु पर्ने हैन र ? देशमा दुई तिहाईको स्पष्ट बहुमतको सरकार बन्यो भने देशले कोल्टे फेर्छ, विकासको मूल फुट्छ, राष्ट्रिय एकता जुट्छ, देश छिट्टै माथि उठ्छ भनेर आम नेपाली नागरिकमा जुन आशा, भरोषा, बिश्वास, सोच र अपेक्षा थियो त्यो सबै सबै दिनानुदिन नैराष्यतामा परिणत हुँदै गैरहेको छ ।
हिन्दू धर्मले अन्य धर्मलाई निमिट्यान्नै पार्यो यो हिन्दू राज्य हैन अब धर्म निरपेक्ष राज्य बनाउनु पर्छ भनेर जनताकै प्रतिनिधिहरुले मुलुकलाई धर्म निरपेक्ष राज्य बनाए । तर खै त यो देशमा गणतन्त्र आएको पनि १५ बर्ष भैसक्यो, देशमा स्पष्ट दुई तिहाई निकट बहुमत प्राप्त सरकार बनेर पनि ३ बर्ष गैसक्यो, देशले त विकासको अनुभूति, नागरिकले रोजगारकिो अनुभूति, बिरामीले निशुल्क उपचारको अनुभूति, बालबालिकाहरुले निशुल्क शिक्षाको अनुभूति, असहायहरुले राज्यबाट संरक्षणको अनुभूति, केहि नै गर्न नपाए पछि नागरिकमा संघियता र गणतन्त्रका बिरुद्धमा र राजसंस्थाका पक्षमा बिस्तारै जनाधार बन्दै गैरहेको अबस्था सृजना हुन थालेको छ ।
देशलाई टाँट पल्ट्याएर, जनतालाई जोगी बनाएर नेतालाई धनि बनाउनका लागि जनताले पक्कै पनि राजनैतिक परिवर्तनको आन्दोलनमा सहभागि भएका थिएनन् । गणतन्त्र भनेको आफु र आफन्तलाई राज्यमा कायम रहेका पद बाडने र राज्यको ढुकुटीमा रजाँई गर्ने लाईसेन्सका रुपमा राजनैतिक दलहरुले बुझिदिनु नै वर्तमान राजनैतिक पद्धति प्रति नागरिकको बितृष्णा फैलनुको मुख्य कारण बनेको देखिन्छ । विदेशीको ईसारामा चल्ने नेता हैन नेपाली नागरिकको चाहनामा चल्ने नेतृत्वको खोजि गरिरहेको छ मुलुकले ।
हिजो राणाले मुलुकमा एकछत्र शासन गरे, नेपाली नागरिकलाई राजनैतिक तथा आर्थिक अधिकारमा बन्देज लगाए भनेर राजनैतिक दलहरुले नागरिकको पक्षमा आन्दोलन गरे, त्यसलाई जनताले साथ दिए, राजनैतिक परिवर्तन भयो । तर जनताको आर्थिक तथा सामाजिक अवस्था जस्ताको त्यस्ते रह्यो । पञ्चायती ब्यवस्थाले पनि नागरिकको राजनैतिक अधिकार र बोल्न, लेख्न र सभा सम्मेलन गर्न पाउने अधिकार खोस्यो भनेर राजनैतिक दलहरुले २०४६ सालमा जनताको साथ मागे, जनताले परिवर्तनको पक्षमा साथ दिए, देशमा पुनः प्रजातन्त्रको पुनस्र्थापना भयो । तर पनि नागरिकको अबस्थामा कुनै परिवर्तन आएको अनुभूति गर्न पाईएन ।
मुलुकमा काम गर्ने राष्ट्रसेवक कर्मचारीले भ्रष्टाचार र ढिलासुस्ती गर्ने आँट नगरोस्, निशुल्क शिक्षाको अभियानले ब्यवहारमै सार्थकता पाओस्, कसैलाई बोडिङ्ग स्कूल र कसैलाई सरकारी स्कूलको फरक प्रकृतिको शिक्षा हाँसिल गर्नु पर्ने अवस्था नआओस् ।
प्रजातन्त्रले मात्रै पनि देश बिकास नहुने रहेछ, यो देश बिकासको मुख्य बाधक भनेको त राजा र राजसंस्था रहेछ भनेर फेरी राजनैतिक दलहरुले जनताको साथ र सहयोगको लागि हार गुहार गरे, नागरिकले फेरी पनि साथ दिए, जनताको आस्थाको केन्द्रका रुपमा रहेका राजालाई समेत हटाईयो, देशमा संघियता ल्याईयो । हिन्दू धर्मले अन्य धर्मलाई निमिट्यान्नै पार्यो यो हिन्दू राज्य हैन अब धर्म निरपेक्ष राज्य बनाउनु पर्छ भनेर जनताकै प्रतिनिधिहरुले मुलुकलाई धर्म निरपेक्ष राज्य बनाए । तर खै त यो देशमा गणतन्त्र आएको पनि १५ बर्ष भैसक्यो, देशमा स्पष्ट दुई तिहाई निकट बहुमत प्राप्त सरकार बनेर पनि ३ बर्ष गैसक्यो, देशले त विकासको अनुभूति, नागरिकले रोजगारकिो अनुभूति, बिरामीले निशुल्क उपचारको अनुभूति, बालबालिकाहरुले निशुल्क शिक्षाको अनुभूति, असहायहरुले राज्यबाट संरक्षणको अनुभूति, केहि नै गर्न नपाए पछि नागरिकमा संघियता र गणतन्त्रका बिरुद्धमा र राजसंस्थाका पक्षमा बिस्तारै जनाधार बन्दै गैरहेको अबस्था सृजना हुन थालेको छ । हिजो राजसंस्थालाई बाधक ठान्नेहरु नै अहिलेका नयाँ राजाहरु बन्ने होडबाजीले जनताको अथक प्रयास र बलिदानीको समेत अवमुल्यन भएको छ ।
अब नागरिकले देशमा यस्तो सरकारको अपेक्षा गरिरहेका छन् जसले गरीव, दीनहिन, बालबालिका, अशक्त र बृद्धबृद्धाका लागि भगवान सावित होस्, अपराधि, कालोबजारी, भ्रष्टाचारी, हत्यारा, बलात्कारीको मुटुमा ढ्याङ्ग्रो बजोस् । मुलुकमा काम गर्ने राष्ट्रसेवक कर्मचारीले भ्रष्टाचार र ढिलासुस्ती गर्ने आँट नगरोस्, निशुल्क शिक्षाको अभियानले ब्यवहारमै सार्थकता पाओस्, कसैलाई बोडिङ्ग स्कूल र कसैलाई सरकारी स्कूलको फरक प्रकृतिको शिक्षा हाँसिल गर्नु पर्ने अवस्था नआओस् । देशको सुरक्षा निकायले कुनै पनि दलको आवरणमा हैन आम नागरिक हाम्रा अभिभावक हुन, हाम्रा दाजुभाई, दिदिबहिनीहरु हुन, हाम्रै छोराछोरी हुन भन्ने सोचेर शान्ति सुरक्षाको प्रबनध गरुन् ।
यस्तो राम्रो देशलाई आज लथालिंग र भताभुंगबनाउने को को हुन् ? सबैलाई कार्वाहिको दायरामा ल्याउन् । हुने खानेले हुँदा खानेलाई सहयोग गरौं । गरीव जनतालाई माथि उठाउने बिभिन्न कार्यक्रमहरु सचालन गरौं । सयौं नेता हैन असल तर थोरै नेताबाट मुलुक सञ्चालन गरौं । नागरिकको बोल्न पाउने, लेख्न पाउने अधिकारलाई सुनिश्चित गरौं । राजालाई अभिभावकका रुपमा सम्मान दिंदै बिषयगत रुपमा जानकार युवाशक्ति र नागरिक अगुवाहरुलाई राजनैतिक शक्तिकेन्द्रमा ल्याऔं । यो देशलाई जतिशक्दो चाँडो माथि उठाउने अभियानमा लागौं । यसको नेतृत्व अब नेपाली कांग्रेसले गरोस् । हिजोका गल्ति कमजोरीहरुलाई सच्याउने, बिग्रिएका भत्किएका धरोहरहरु पुनः ठड्याउने नेपाली कांग्रेसका लागि यो एउटा अवसर बन्न सक्छ । यसका लागि नेपाली कांग्रेसमा अर्को कुनै दर्बिलो नेतृत्व भने देखिदैन, यसलाई कार्यान्वयन गराउने जिम्मा अब डा. शेखर कोईरालाले लिनु पर्छ ।
अब लाज नमानौं, बोल्न धक नमानौं, राम्रा कुराहरुलाई उजागर गर्न अप्ठ्यारो नमानौं । पार्टीको र नेतृत्वको अन्धभक्त समर्थक भएर खराव कुराहरुलाई लुकाउने र जनतालाई झुक्याउने कामबाट बाहिर निस्कौं । यसले तपाई हामीलाई केहि फरक पर्दैन । हामीले गरेका, बोलेका, लेखेका र देखाएका सहि बाटाहरुलाई आम नागरिक, नागरिक समाजका अगुवाहरु र स्वतन्त्र नागरिकहरुले नजिकबाट हेरिरहेका हुन्छन् । सहि बोलौं, सहि बाटो हिडौं, सहि गरौं, यो देशलाई भष्म हुनबाट जोगाऔं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
जाजरकोटका भूकम्पपीडित पत्रकारलाई काउन्सिलको निःशुल्क इन्टरनेट
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
खोला किनारमा निर्माणाधीन बसपार्क
बैशाख १३, २०८१ बिहिबार