२३ मंसिर २०७८, बिहीबार

धरानमा उपचारका क्रममा ३ जना संक्रमितको मृत्यु

प्रकाशित मिति :  १० कार्तिक २०७७, सोमबार १५:४४


१० कार्तिक, काठमाडौं । धरानमा उपचारका क्रममा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार इटहरी उपमहानगरपालिका सुनसरीका ७९ वर्षका पुरुष, मोरङको पथरी शनिश्चरेका ६३ वर्षका पुरुष र धरान उपमहानरगपालिकाकी ८३ वर्षकी महिलाको मृत्यु भएको हो ।

इटहरीका ७९ वर्षका पुरुषको आइतार दिउँसो ४ बजेर ५ मिनेटमा मृत्यु भएको हो । कार्तिक ६ गते कोरोना भाइरस संक्रमण भएका उनी कार्तिक ९ गते भर्ना भएका थिए । उनमा मिर्गौला र हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिए ।

त्यस्तै मोरङको पथरी शनिश्चरेका पुरुषमा कात्तिक १ गते कोरोना भाइरस संक्रमण भएको थियो । कात्तिक ४ गते अस्पताल भर्ना भएका उनको कात्तिक ९ गते राति १० बजे मृत्यु भएको हो ।

धरान उपमहानगरपालिकाकी ८३ वर्षकी महिलालाई कात्तिक ९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । कात्तिक १० गते अस्पताल भर्ना भएकी उनको त्यसै दिन मृत्यु भएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । उनमा हाइपरटेन्सनको समस्या थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा




किन घट्यौ देउवाको क्रेज ?
नेपालबहस संवाददाता