१२ मंसिर २०७८, आईतवार

अमेरिकाका विदेश मन्त्री र रक्षा मन्त्री भाेली भारत आउँदै

प्रकाशित मिति :  १० कार्तिक २०७७, सोमबार १७:१४


१० कार्तिक, नयाँदिल्ली । संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री माइप पोम्पेओ र रक्षा मन्त्री मार्क एस्पर भारत भ्रमणमा मंगलबार आउने भएका छन् । भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि उनीहरु भारत आउन लाग्नु भएको हो । बैठकमा खासगरी विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबद्र्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुनेछ ।

भारतीय प्रतिनिधिमण्डलमा विदेश मन्त्री एस जयशंकर र रक्षा मन्त्री राजनाथ सिंह रहने छन। भारत र अमेरिकाबीचको यो तेस्रो उच्चस्तरीय बैठक हो । अमेरिकी विदेश मन्त्री पोम्पेओले ट्वीट गर्दै भनेका छन, “म भारत, श्रीलंका, माल्दिभ्स र इन्डोनेसियाको भ्रमणमा जाँदैछु । स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका मुलुकहरुबीच अझ स्वतन्त्र, सुदृढ र समृद्ध मुलुकको निर्माणमा साझा धारणा बनाउनु मेरो भ्रमणको मुख्य उद्देश्य हो ।”

भारत र अमेरिकाबीचको वार्तामा क्षेत्रीय सुरक्षा सहयोग, प्रतिरक्षा सूचना आदानप्रदान, सैनिक–सैनिकबीचको अन्तक्र्रिया तथा प्रतिरक्षा व्यापार पनि समावेश हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । यसअघि दुई मुलुकबीच सेप्टेम्बर २०१८ मा नयाँदिल्लीमा र सन् २०१९ मा वासिङट्न डिसीमा यस्तै मन्त्रीस्तरीय बैठकहरु भएका थिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा