१२ मंसिर २०७८, आईतवार

तनहुँका ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

प्रकाशित मिति :  १० कार्तिक २०७७, सोमबार १७:५९


१० कार्तिक, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको आज बिहान कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

ती पुरुषमा कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषमा निमोनिया लगायतको समस्या थियो । योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने गण्डकी प्रदेशमा ६८ पुगेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा