२२ मंसिर २०७८, बुधबार

चाँडै कोरोना भाइरसलाई जित्नेमा राष्ट्रपति भण्डारीकाे विश्वास

प्रकाशित मिति :  १० कार्तिक २०७७, सोमबार २१:५५


१० कार्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चाँडै कोरोना भाइरसलाई जित्ने र आगामी दशैँ सदाझैंँ हर्षोल्लासपूर्वक मनाउने विश्वास व्यक्त गर्दै बडादशैँका उपलक्ष्यमा सबैमा पुनः शुभकामना दिएकी छिन् ।

आज अपराह्न ट्वीट गर्दै उनले कोभिड–१९ महामारीका कारण सबै आफन्तजन र आमनागरिकसँग दशैँ मनाउन सम्भव नभएको र आफूले आमाका हातबाट आशीर्वाद थाप्नाका साथै छोरी–ज्वाइँ एवं नातिनीहरूलाई टीका प्रदान गरेको उल्लेख गरिन ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा