२२ मंसिर २०७८, बुधबार

हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार ०८:१२


११ कार्तिक, काठमाडौं । चर्चित हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कलाकार मनोज गजुरेलले आफैले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

गतहप्ता दाजुलाई अस्पताल लानेरल्याउने गरेको थिएँ । गत विहीबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८ डिग्रीको ज्वरो देखियो उनले भनेका छन ।

शनिबार ढाडको दुखाई महसुस गरेपछि आइतबार पीसीआर टेस्ट गराएका उनकाे सोमबार साँझ मात्रै कोभिड १९ को रिपोर्ट पोजेटिभ आएको हो । उनी बिहीबारदेखिनै आइसोलेशनमा बसेको बताएका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा