१६ मंसिर २०७८, बिहीबार

चितवनमा उपचारको क्रममा एक जना संक्रमितको मृत्यु

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार १०:२२


११ कार्तिक, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कार्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनलाई कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी लामो समयदेखि मुटु तथा मिर्गौला रोगबाट समेत पीडित थिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा