२२ मंसिर २०७८, बुधबार

‘रअ’का प्रमुखको नेपाल भ्रमणले सीमा विवादबारे वार्ता हुने संकेत

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार १०:३७


१ कात्तिक, काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त कुमार गोयलको नेपाल भ्रमणले अब सीमा विवादबारे वार्तासमेत हुन सक्ने एक भारतीय विज्ञले बताएका छन् ।

भारतको रक्षा मन्त्रालयअन्तर्गतको थिङ्क ट्याङ्क मनोहर परिकर इन्टिच्युट अफ डिफेन्स एनालाइसिसमा नेपाल–भारत मामिला हेर्ने रिसर्च फेलो निहार आर नायकले ‘रअ’काे यो भ्रमणले दुई देशका बीचमा सीमा विवादको विषयमा वार्ता पनि हुन सक्ने सम्भावना रहेकाे बताएका छन् ।

भारतले राजनीतिक र कूटनीतिक व्यक्तिलाई नपठाएर खुफिया एजेन्सीलाई नेपाल पठाउनुकाे कारण भारतले दक्षिण एसियामा एउटा प्रभावशाली शक्ति रहेको र त्यसलाई कायमै गर्न चाहेको उनले बताए ।
दुई देशको बीचमा लामो समयदेखि भएको अनौपचारिक वार्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा बुधबार गोयल नेपाल आएका थिए । स्वयं सरकारका मन्त्रीहरुले गोयल भारतीय प्रधानमन्त्रीको विशेष दूत बनेर नेपाल आएको बताइसकेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा