२२ मंसिर २०७८, बुधबार

यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन्

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार १०:४६


११ कार्तिक, कास्की ।  विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन् । विगतमा विजयादशमीका दिन नजिकका आफन्तले गएर टीका लगाइदिने प्रचलन रहे पनि यस वर्ष कारागारमा कैदी जीवनयापन गर्दै आएका बन्दीहरूले टीका नलगाएको कास्की कारागारका प्रमुख केशव लामिछानेले जानकारी दिए ।

“विगतका वर्षमा कैदीबन्दीका आफन्तले कारागारमा आएर टीका तथा जमरा लगाइदिनुहुन्यो”, उनले भने, “यस वर्ष कोरोना महामारी फैलिने जोखिमीलाई दृष्टिगत गर्दै सबैको सल्लाहमा टीका र जमरा लगाउने कार्यक्रम नगरिएको हो ।” कोरोनाको सम्भाव्य जोखिमलाई दृष्टिगत गरी कैदीबन्दीका आफन्तले ल्याएका नपकाइएका सामान २४ घण्टासम्म राखेर मात्रै दिने गरिएको उनले बताए ।

कोरोना महामारीका कारण गत चैत ११ गते अगावैदेखि भेटघाटका कार्यक्रमलाई विगतका तुलनामा नियन्त्रण गरिएको कारागार प्रशासनले जनाएको छ । गौतमका अनुसार कास्की कारागारमा हाल ९०९ जना विभिन्न मुद्दाका कैदीबन्दीले कैद भुक्तान गरिरहेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा