१९ मंसिर २०७८, आईतवार

बुटवलमा कोराना संक्रमित दुई जनाको मृत्यु

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार १४:०४


११ कार्तिक, लुम्बिनी । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका –११ की ५० वर्षीया महिलाको सोमबार राति ८ः१७ बजे र बुटवल उपमहानगरपालिका– १३ का ५२ वर्षीय पुरुषको आज बिहान करीब ६ बजे निधन भएको हो ।

महिलामा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना गरिएको थियो ।

बुटवलका पुरुष यही कात्तिक ७ गते रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन अस्पताल भर्ना भएका थिए । उनको पनि उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएको र उपचारका क्रममा मृत्यु भएको डा गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा