२२ मंसिर २०७८, बुधबार

भारतमा तीन महिनापछि सबैभन्दा थोरै संक्रमित

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार १४:०९


New Delhi, Aug 02 (ANI): A health worker in personal protective equipment (PPE) collects a nasal sample from a Delhi Police Constable at a local health centre to conduct tests for the coronavirus disease (COVID-19), amid the spread of the disease, in New Delhi on Sunday. (ANI Photo)

११ कार्तिक, नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा मंगलबार सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मंगलबार हजारभन्दा थोरै संक्रमित भेटिएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४७० जना संक्रमित भएको जनाएको छ । योसँगै भारतमा कूल संक्रमित सङ्ख्या ७९ लाख ४६ हजार ४२९ पुगेको छ ।  त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख १९ हजार ५०२ जनाको मृत्यु भएको छ । तीमध्ये ४८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमण मुक्त भइसकेकाहरुको संख्या भारतमा ७२ लाख एक हजार ७० रहेको अधिकारीहरुले जनाएका छन् । सरकारी निकायले भारतमा कोरोना भाइरसबाट मुक्त भएकाको अनुपात ९०.६२ प्रतिशत रहेको पनि जानकारी दिएका छन् ।

त्यसैगरी कोरोना भाइरसबाट संक्रमित भएकाहरुमध्ये १.५० प्रतिशत मानिसको मात्रै मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । भारतमा कोरोना भाइरसबाट अहिले पनि संक्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि घटेर सात लाखभन्दा कम भएको छ ।

अधिकारीहरुका अनुसार कूल छ लाख २५ हजार ८५७ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । भारतमा केही हप्ता अगाडिसम्म कोरोना भाइरसबाट संक्रमित र मृतकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकोमा पछिल्लो केही हप्ता अगाडिदेखि दैनिकरुपमा घट्दै गएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा