२२ मंसिर २०७८, बुधबार

भारतमा लुटपाट गरेको आरोपमा पाँच नेपाली पक्राउ

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार १५:०६


११ कार्तिक, नयाँदिल्ली । भारतको हैदरावादबाट एक महिलासहित ४ जना नेपाली नागरिकलाई प्रहरीले गिरफ्तार गरेको छ । एक व्यापारीको घरमा लुटपाट गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १७ लाख रुपयाँ जफत गरेको स्थानीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले १९ अक्टोबरमा एक व्यापारीको घरमा लुटपाट गरेर भागेको त्यहाँको प्रहरीले जनाएको छ ।

उनीहरुलाई दुई दिनअघि उत्तर प्रदेशको लखनउबाट हिरासतमा लिई हैदरावाद लगिएको छ । उनीहरुमध्ये दुई जना सो घरमा नै काम गर्ने गरेको समेत प्रहरीले उल्लेख गरेको छ ।

उनीहरुले १८ तोला सुन र ४० तोला चाँदी र १० लाख रुपयाँ चाँदी लुटेका थिए । उनीहरु नेपाल फर्कदै गर्दा लखनउको रेलवे स्टेसनबाट पक्राउ गरिएको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा