११ मंसिर २०७८, शनिबार

बाँकेका सिडिओ रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार १८:०१


११ कार्तिक, राँझा । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ जिल्ला प्रशासन कार्यालयमा रहेको निजी निवास मै आइसोलेसन बस्नु भएको छ । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आफुमा संक्रमण पुष्टि भएको जानकारी गराउँदै आफुसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरे । बाँकेमा यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई संक्रमण देखिएको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा