२२ मंसिर २०७८, बुधबार

चितवनमा १९ दिनकी सुत्केरी संक्रमित महिलाकाे मृत्यु

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार १८:१६


चितवनमा हेटौँडाका कोरोना संक्रमित पुरुषको मृत्यु

चितवनमा गोरखाकी १९ दिनकी सुत्केरी कोरोना संक्रमित महिलाकाे उपचारका क्रममा मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिका-१ कि १९ वर्षीया महिलाको मंगलबार दिउँसो पौने ४ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हाे ।

कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भई ६ गते अस्पताल भएकी ती महिलामा स्वासप्रश्वासमा समस्या देखिएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखी उपचारका सबै उपायहरु गर्दा गर्दै मृत्यु भएको हाे । अस्पतालका अनुसार उनी सुत्केरी भएको १९ दिन भएको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा