१२ मंसिर २०७८, आईतवार

पाटेबाघको आक्रमणबाट मुक्तकमैया बस्तीका दुइ जनाको मृत्यु

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार १९:००


११ कार्तिक, बर्दिया ।  बर्दियामा पाटेबाघको आक्रमणबाट दुइ जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका ३ मा पर्ने पुरानो भन्सार कार्यालय नजिक पाटे बाघको आक्रमणबाट दुई मृत्यु भएको हो ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेका अनुसार मृत्यु हुनेहरुमा मधुवन नगरपालिका ३ मुक्तकमैया बस्तीका २७ वर्षीय दिनेश चौधरी र २६ वर्षीय रमेश थारु रहेका छन् ।

बिहान जंगलमा च्याउ खोज्न गएका चौधरी दिउँसो सम्म घर नफर्किएपछि उनलाई खोज्न गएका थारुलाई पनि बाघले आक्रमण गरेर मारेको प्रमुख वाग्लेले बताए । मृतक दुइ जना साला भेना हुन् । मधुवन नगरपालिकामा एक हप्तामै चार जनालाई बाघले मारेको छ । बितेको साढे एक वर्षमा बर्दिया राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्र र जिल्ला बन क्षेत्रमा पाटे बाघको आक्रमण परि ९ जनाको ज्यान गएको छ ।

बाघले घाँस दाउरा लिन जंगल गएका स्थानीयलाई आक्रमण गर्नुका साथै गाउँमै पसेर पनि स्थानीयको ज्यान लिने गरेको छ । मानिसलाई बारम्बार आक्रमण गर्ने बाघलाई नियन्त्रण गर्नुपर्ने भन्दै मृतक चौधरी र थारुका आफन्तले शव बुझ्न मानेका छैनन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा