१२ मंसिर २०७८, आईतवार

पीसीआर परिक्षणका लागी हुम्लाबाट स्वाब सुर्खेत पठाइयो

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार ०८:३१


कोरोना जोखिममा भोज आयोजना गर्ने नै संक्रमित : ७० जनाको स्वाब सङ्कलन

१२ कार्तिक, सिमकोट । जिल्ला अस्पताल हुम्लाले मंगलबार ३२ जनाको पीसीआर परिक्षणका लागी स्वाब संकलन गरेको छ । कार्तिक दुई गते स्वाब संकलन गरी ४ गते पोजेटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरी सहित उनीहरुको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइएको छ ।

पोजेटिभ देखिएका चार जना सहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी, एक ड्राइभरको स्वाब आज बुधबार विहान सुर्खेत पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताए । हुम्लामा हालसम्म नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने चार सक्रिय संक्रमित रहेको सूचना अधिकारी फडेराले बताए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा