तनहुँका ३५ असहाय परिवारलाई दशैँ राहत
नेपालबहस संवाददाता
कात्तिक १२, २०७७ बुधबार १५:५९:३६
१२ कार्तिक, तनहुँ । सामाजिक संस्थाको सक्रियतामा तनहुँको बन्दिपुर र भानुनगरपालिकाका ३५ असहाय परिवारलाई दशैँ राहत वितरण गरिएको छ । डुम्रे टोल विकास संस्था, खहरे बिरुवा डुम्रे टोल विकास संस्था र अपाङ्ग सरोकार समिति बन्दीपुरको सहकार्यमा असहाय र अपाङगता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको हो ।
कोभिड–१९ का कारण समस्यामा परेका, आम्दानीको स्रोत नभएका असहाय वृद्ध, र अशक्त परिवारलाई राहत वितरण गरिएको राष्ट्रिय युवा सङ्गठन जिल्ला समिति तनहुँका सहसंयोजक भगवान श्रेष्ठले जानकारी दिए । प्रति परिवार चामल दश केजी, कुखुराको मासु एक केजी, नुन एक केजी, तेल एक पोका र कोक एक बोतल वितरण गरिएको उनले बताए ।
राहत वितरणको लागि डुम्रे टोल विकास संस्थाबाट दश हजार, नेपाल राष्ट्रिय युवा सङ्गठन तनहुँ जिल्ला सहसंयोजक तथा डुम्रे टोल विकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठबाट दश हजार, खहरे बिरुवा डुम्रे टोल विकास संस्थाबाट सात हजार रुपैयाँ लगायत विभिन्न व्यक्ति र संस्थाले सहयोग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार