मंगलबार , मंसिर ९, २०७७

१० करोडमा डुडुवा गाउँपालिकाको भवन बन्दै

१० करोडमा डुडुवा गाउँपालिकाको भवन बन्दै

१२ कार्तिक, राँझा । बाँकेको डुडुवा गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । गाउँपालिका केन्द्र रहेको वडा नं। ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा रु  १० करोड २२ लाख १६ हजारको लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण भईरहेको छ ।

चार तल्ले भवनमा चार सय जना क्षमता भएको बहुउद्देश्यीय सभाहल, सानो सभाकक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, ठूला तथा साना सवारीका लागि पार्किङ्ग, खेल मैदान, सेवाग्राहीका लागि प्रतिक्षालय र लिफ्टसहितको भवन निर्माण भईरहेको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।

उनका अनुसार, भवन निमार्णको ठेक्का सम्झौता भएको तीन महिनाको अवधिमा २५ प्रतिशत निर्माण कार्य पूरा भएको छ । कोरोना महामारी सङ्क्रमण र नदीजन्य पदार्थको ढुवानी बन्द भएर निर्माण सामग्री अभावका बेला पनि निर्माण कार्य चलिरहेको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आफ्नै अत्याधुनिक भवनबाट कार्यालयको कामकाज तथा सेवा प्रवाहमा निकै सहयोग तथा गुणस्तरीयता बढने विश्वास व्यक्त गरे । भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनी रोयल कन्सट्रक्सनका प्रोजेक्ट इन्जिनियर दिनेशबहादुर शाहीले अहिलेको प्रगति अनुसार सम्झौताको छ महीना अगावै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्न सकिने जानकारी दिए ।

दुई वर्षभित्र भवन बनाउने गरी रोयल कन्सट्रक्सन कैलालीले भवन निमार्णको ठेक्का सम्झौता गरेको हो । भवन निर्माणका लागि सङ्घीय सरकार र जिल्ला समन्वय समिति बाँकेको अनुदान र बाँकी रकम गाउँपालिकाले व्यहोर्ने छ । गाउँपालिकाले अहिले वडा नंं ४ स्थित भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाबाहेक अन्य छ गाउँपालिकाले अहिलेसम्म पनि अस्थायी भवनबाट कार्यालय सञ्चालन गरी जनतालाई सेवा प्रवाह गर्दै आएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पाल्पाकी संक्रमित महिलाको रुपन्देहीमा मृत्यु पाल्पाकी संक्रमित महिलाको रुपन्देहीमा मृत्यु ५ दिन पहिले
ओलीको सत्तामा जानु कांग्रेसको आत्महत्या : नेता अर्जुननरसिंह केसी ओलीको सत्तामा जानु कांग्रेसको आत्महत्या : नेता अर्जुननरसिंह केसी १ दिन पहिले
जोखिम नभएका ठाउँमा विद्यालय सञ्चालन गर्ने बाटो खुल्यो जोखिम नभएका ठाउँमा विद्यालय सञ्चालन गर्ने बाटो खुल्यो ६ दिन पहिले
चितवनमा कार्तिक महिनामा मात्रै १० जनाको मृत्यु चितवनमा कार्तिक महिनामा मात्रै १० जनाको मृत्यु ४ दिन पहिले
किशोर प्रधानलाई नजिताए व्यवसायीहरु ३ वर्ष पछुताएर बस्नु पर्छ : निवर्तमान अध्यक्ष पशुपति मुरारका किशोर प्रधानलाई नजिताए व्यवसायीहरु ३ वर्ष पछुताएर बस्नु पर्छ : निवर्तमान अध्यक्ष पशुपति मुरारका ५ दिन पहिले
बेवारिसे १८ गोलिया खयरको काठ बरामद बेवारिसे १८ गोलिया खयरको काठ बरामद १५ घण्टा पहिले
ओलीसँगको सम्बन्ध बिग्रेपछि प्रचण्डलाई भेट्न विष्णु पौडेल खुमलटारमा ओलीसँगको सम्बन्ध बिग्रेपछि प्रचण्डलाई भेट्न विष्णु पौडेल खुमलटारमा ६ दिन पहिले
सरकार परिवर्तन हुँदैछ भन्ने भ्रमपूर्ण प्रचारको पछि नलाग्न ओलीकाे आग्रह सरकार परिवर्तन हुँदैछ भन्ने भ्रमपूर्ण प्रचारको पछि नलाग्न ओलीकाे आग्रह ८ घण्टा पहिले