११ मंसिर २०७८, शनिबार

आजदेखि सरकारी कार्यालय तथा बैंक वित्तिय संस्था खुल्ने

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार ११:१६


२५ बैंकको विवरण सार्वजनिक : नाफा घट्यो

१२ कार्तिक, काठमाडौं । बुधबार आजदेखि दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तिय संस्था खुल्ने भएका छन् । दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुल्ने भएका हुन् ।

गएको ७ गते सप्तमीदेखि ५ दिन सरकारी कार्यालय तथा बैंक वित्तिय संस्था बन्द रहेका थिए । दशैँ मनाउन कार्यक्षेत्रबाट घर गाउँ गएकाहरु पनि फर्कन थालेका छन् । यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण खासै चहल पहल भने भएन ।

दशैँ बिदा सकिएकाले आजदेखि काठमाण्डौ सहित मुख्य शहरमा केहि चहलपहल बढ्नेछ । दशैँ टिकाको तेस्रो दिन आजपनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम चलिरहेको छ ।

हिजो र अस्ति लगाउन नभ्याएका र टाढा टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने चलन छ । दशैँमा नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा