भारत र अमेरिकाबीच ‘बेका’ सम्झौता किन महत्त्वपूर्ण ?
नेपालबहस संवाददाता
कात्तिक १२, २०७७ बुधबार १८:४४:२२
१२ कार्तिक, काठमाडौं । अमेरिकाका रक्षामन्त्री मार्क एस्पर र विदेशमन्त्री माइक पोम्पेओले भारतका रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेका छन्
चीनसँग चर्को सिमाना तनावका माझ भारत र अमेरिकाले भूउपग्रहमार्फत् प्राप्त हुने सम्वेदनशील डेटा एक अर्कासँग बाँड्ने सैन्य सम्झौता गरेका छन्।
त्यस्तो डेटाको सहयोग क्षेप्यास्त्र, ड्रोन तथा अन्य निशानाहरूमा ठीक निशाना लगाउन महत्त्वपूर्ण हुने बताइएको छ। दिल्लीमा भएको ‘२२’ उच्चस्तरीय भेटवार्तापश्चात् मंगलबार उक्त सम्झौताको घोषणा गरिएको छ। अमेरिकाका विदेशमन्त्री पोम्पेओ र रक्षामन्त्री एस्परले भारतका विदेशमन्त्री जयशङ्कर र रक्षामन्त्री सिंहसँग भेटवार्ता गरेका हुन्।
के हो ‘बेका’ सम्झौता ?
बेसिक एक्सचेन्ज एन्ड कोअपरेशन एग्रिमेन्ट अन जियोस्पाचियल कोअपरेशन वा छोटकरीमा बेका सम्झौता अन्तर्गत भारतलाई सैन्य विकल्पहरूमा सघाउन आवश्यक सम्वेदनशील जियोस्पाचियल तथा एअरोनटिकल डेटा अमेरिकाले उपलब्ध गराउने छ।
दुई पक्षले परमाणु ऊर्जा, भू-विज्ञान तथा वैकल्पिक औषद्योपचारसम्बन्धी अन्य सम्झौता पनि गरेका छन्। तर सबभन्दा महत्त्वपूर्ण बेका सम्झौता मानिएको छ।
यो सम्झौता अन्तर्गत अमेरिकाले भारतलाई प्रदान गरेका सैन्य विमानहरूमा नेभिगेशन तथा एभियोनिक्ससम्बन्धी अत्याधुनिक सुविधा राखिने एकजना भारतीय रक्षा सूत्रले रोयटर्स समाचार संस्थालाई बताएकाे बीबीसीले जनाएकाे छ।
चीनप्रति संशय
भारत र अमेरिकाबीचको पछिल्लो सैन्य सम्झौता त्यतिखेर भएको छ जतिखेर हिमाली लद्दाख क्षेत्रमा भारत र चीनबीच सिमाना विवाद चर्किएको छ। गत जुनमा भएको झडपमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो।
महिनौँ यता भएका विभिन्न चरणका कूटनीतिक तथा सैन्य वार्ताले पनि स्थिति सहज भइसकेको छैन। यही समयमा अमेरिका र चीनबीच पनि सम्बन्ध विग्रिएको छ। राष्ट्रपति ट्रम्पले बेइजीङको कोरोना भाइरस व्यवस्थापनको चर्को आलोचना गरेका छन्।
भारत र अमेरिकाबीचको सैन्य सम्बन्धमा पछिल्लो सम्झौता थप एक कदम मानिएको छ। भारत विश्वकै सबभन्दा ठूलो रक्षा सामग्री आयातकर्तामध्ये पर्छ। तर उसका ६०-७०५ रक्षा सामग्री तथा हातहतियार रुसबाट आयात गरिन्छ।
नेपाललाई कस्तो असर गर्ला त ?
भारतको चीनसँगको सम्बन्ध चिसो हुँदै जाँदा र अमेरिकासँग भएको कुराकानी र भएका सम्झौता महत्वपूर्ण मानिन्छ । भ्रमणमार्फत अमेरिकाले भारतसँग जोडिएका छिमेकी मुलुकहरुलाई पनि रणनीतिक सन्देश दिन खोजेको छ । तेसाे त चीनका बारेमा अमेरिकी विदेशमन्त्रीले पछिल्ला महिनामा दिएका अभिव्यक्ति निर्वाचन लक्षित भएको बताए ।
दक्षिण एसियाली मुलुकमा चीनको प्रभाव कम गर्ने भारत–अमेरिकाको साझा नीति भएकाले त्यसको असर नेपालमा पनि पर्न सक्ने विश्लेषकहरुको धारणा छ । उनीहरुका अनुसार भारत र अमेरिकाले बीआरआई, चिनियाँ लगानीलगायतका विषयमा नेपाललाई दबाव दिन सक्छन् । बीआरआई लगायतका परियोजनामा अहिले पनि नेपालले परोक्ष रुपमा दबाव खेपिरहेको छ । त्यसैले केही निश्चित विषयमा भारत र अमेरिकाको वीचमा दीर्घकालीन पार्टनरशीप हुने देखिन्छ ।
भारत र चीन एकदमै मिल्दा र उनीहरु वीचमा द्वन्द्व बढ्दा दुबै अवस्थामा नेपाललाई कूटनीति सञ्चालन गर्न एकदमै कठिन हुने छ।त्यसैगरी चीन र अमेरिकाको वीचमा द्वन्द्व बढ्दा पनि त्यो अवस्था नेपालका लागि चुनौतीपूर्ण हुने विश्लेषकहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशन सर्यो
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
पोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
अन्योलताका बीच आज कोशी प्रदेशसभा अविधेशन
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई समर्थन दिनेबारे एमाले अझै मौन
बैशाख ६, २०८१ बिहिबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार