कोरोना संक्रमणपछि एन्टीबडीमा तीव्र गतिमा ह्रास
नेपालबहस संवाददाता
कात्तिक १२, २०७७ बुधबार १८:५५:५२
१२ कार्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको अनुसन्धानकर्ताहरूले बताएका छन्। कोषहरूभित्र भाइरसविरुद्ध लड्न शरीरले तयार पार्ने तत्त्व एन्टीबडी हाम्रो रोग प्रतिरोधी क्षमताको एउटा महत्त्वपूर्ण हिस्सा हो।
इम्पेरिअल कलेज लन्डनका अनुसन्धानकर्ताहरूका अनुसार कोरोना भाइरस संक्रमण पुष्टि भएका मानिसहरूमा जून महिनादेखि सेप्टेम्बर महिनाको बीचमा २६ प्रतिशतले एन्डीबडी घटेको पाइएको छ। रोग प्रतिरोधी क्षमता कम भएको र कोरोना भाइरसले धेरै पटक सङ्क्रमित बनाउने जोखिम देखिएको उनीहरूले बताएका छन्।
यूकेमा अक्टोबर महिनाको तेस्रो सातातिर कोभिड-१९ का कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या ६० प्रतिशतले बढेको विवरण राष्ट्रिय तथ्याङ्क निकायले सार्वजनिक गरेकै समयमा पछिल्लो अध्ययनको निष्कर्ष आएको हो। रिएक्याट-टू नामक अध्ययनका क्रममा साढे तीन लाख मानिसहरू एन्टीबडी परीक्षणमा सामेल भएका थिए।
जून महिनाको अन्त्यतिर र जुलाई महिनाको शुरूतिर गरिएको परीक्षणका क्रममा एक हजारमध्ये ६० जनामा एन्टीबडिज पत्ता लगाउन सकिने अवस्थामा देखिएको थियो। तर सेप्टेम्बर महिनामा गरिएको परीक्षणका क्रममा एक हजारमध्ये ४४ जनामा मात्रै त्यस्तो अवस्था देखियो। यसले गर्मी र शरद यामको बीचमा एक चौथाइभन्दा बढीले एन्टीबडिज घटेको देखाउँछ।
अध्ययनमा सहभागीमध्ये एक प्राध्यापक हेलेन वार्डले रोग प्रतिरोधी क्षमता एकदमै तीव्र गतिमा घटिरहेको बताए । उनी भन्छन, पहिलो परीक्षण गरिएको अहिले तीन महिना पुगेको छ र हामीले एन्टीबडिजमा २६ प्रतिशतले कमी आएको देखिरहेका छौँ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार