११ मंसिर २०७८, शनिबार

अब हप्ताको दुई दिनमात्रै प्रेस ब्रिफिङ हुने

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार १६:३७


१२ कार्तिक, काठमाडौं ।  सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोना भाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए।

दशैँका लागि उक्त ब्रिफिङ ५ दिनसम्म स्थगित गरिएको थियो। अरू बार वेवसाइट र अरू विभिन्न माध्यमबाट संक्रमणको अवस्थाबारे जानकारी दिइने गौतमले बताए। सरकारले गत चैत ११ गते लकडाउन गरेदेखि दैनिक सवा ४ बजेतिर कोरोना ब्रिफिङ गर्दै आएको थियो।

उक्त ब्रिफिङमा संक्रमितको संख्यामात्रै भन्ने गरिएको भन्दै आलोचना भइरहेको थियो। स्वास्थ्य मन्त्रालयले भने ब्रिफिङमा महत्वपूर्ण सूचनासँगै विभिन्न विज्ञहरूलाई बोलाएर विभिन्न रोगबारे छलफल गर्दै आइरहेकाे थियाे ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा