११ मंसिर २०७८, शनिबार

पछिल्लो २४ घण्टामा ११ संक्रमितको मृत्यु

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार १६:४५


१२ कार्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९८१ कोरोना भाइरस संक्रमित निको भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार सो संख्यामा कोरोना जितेर भएर घर फर्किएका छन ।

योसँगै कोरोनामुक्त हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ । यस्तै गत २४ घण्टामा ११ संक्रमितको मृत्यु भएकाे छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको मन्त्रालयले जनाएको छ।

यसैगरी हाल ३९ हजार ६४३ सक्रिय संक्रमित रहेका छन । सबै संक्रमित आइसोलेसनमा छन । मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार हाल २ हजार ८८९ जना क्वारेन्टाइनमा छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा