२२ मंसिर २०७८, बुधबार

तोकियो जसपा सांसदलाई मासिक १५ हजार लेबी

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार १७:१८


जसपा कार्यकारिणी समितिको बैठक शुरु

१२ कार्तिक, काठमाडौं । अब जनता समाजवादी पार्टी ‘जसपा’ का संघीय सांसदहरूको मासिक १५ हजार लेवी तोकिएको छ । केन्द्रीय कार्यकारिणी समिति बैठकले संघीय सांसदहरूसँग जनही १५ हजार रुपैयाँ लेवी लिने निर्णय भएको हो ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकिकरण भएर बनेको जसपाको प्रतिनिधिसभामा ३४ र राष्ट्रियसभामा ३ जना सांसद छन् । केन्द्रीय कार्यकारी समिति, राजनीतिक समिति, केन्द्रीय समिति, संघीय परिषद र राष्ट्रिय समितिका सदस्यहरूले २५० देखि एक हजार रुपैयाँ मासिक लेबी तोकिएको छ ।

लेबीबाट संकलित रकमको ३० प्रतिशत पार्टीको केन्द्रीय समिति, ३० प्रतिशत प्रदेश समिति र ४० प्रतिशत स्थानीय तहका समितिले खर्च गर्न पाउनेछन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा