२२ मंसिर २०७८, बुधबार

आजदेखि सप्तकोशी नगरपालिका कार्यालय शिल !

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार १९:२५


१२ कार्तिक, सप्तरी । सप्तकोशी नगरपालिकाले आजदेखि एक हप्तासम्मका लागि कार्यालय तथा मातहतका वडा कार्यालय बन्द गर्नाका साथै वडा नम्बर १० र ११ लाई पूर्ण रुपमा लकडाउन तथा शिल गरेको छ ।

नगर प्रमुख उत्तमकुमार शर्माले आज सूचना प्रकाशन गरी यही कात्तिक १८ गतेसम्मका लागि नगरपालिकाका कार्यालय तथा मातहतका वडा कार्यालय बन्द गरिएको जनाए ।

सप्तकोशी –१० का ६८ वर्षीय वडाध्यक्ष र नगरपालिकामा कार्यरत ४४ वर्षीय स्वास्थ्यकर्मीसहित ३१ जना कोरोना संक्रमित भएपछि आजदेखि एक हप्ताका लागि अत्यावश्यक कामबाहेक अन्य सेवा स्थगन गरिएको नगर प्रमुख शर्माले जानकारी दिए । नगरपालिका कार्यालयका केही कर्मचारीको स्वाब परीक्षणका लागि नमूना संकलन गरेर पनि पठाइएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा