२२ मंसिर २०७८, बुधबार

नागढुंगाबाट १३ लाखकाे पटाकासहित बस चालक पक्राउ

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार २१:०४


१२ कार्तिक, काठमाडौं । प्रहरीले नागढुंगाबाट २ लाख भन्दा धेरै पटाकासहित बस चालकलाई पक्राउ गरेकाे छ ।  चेकजाँचका क्रममा बसमा लुकाएर ल्याउँदै गरेको अवस्थामा २ लाख ६६ हजार वटा पटाका प्रहरीले बरामद गरेको हो ।

महानगरीय प्रहरी प्रभाग, नागढुंगाले महेन्द्रनगरबाट काठमाडौं आइरहेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँचको क्रममा सिटमुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा १० बोरा पटाका बरामद गरेको हो ।

बसमा २ लाख ६६ हजार थान पटकासहित बस चालक कञ्चनपुरका ३० बर्षिय नविन जोशीलाई प्रहरी पक्राउ गरेकाे छ । बरामद भएको पटकाको बजार मुल्य अन्दाजी १३ लाख ३० हजार रूपैयाँ रहेको प्रहरीले जनाएकाे छ ।

उक्त पटका तिहार पर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा बिक्री वितरण गर्न महेन्द्रनगरबाट ल्याइएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

यस्तै  नागढुंगाकै चेकपोइन्टमै रौतहटको गौरबाट ल्याइएको ८ हजार ४ सय थान खुर्सानी पटकाका, १२ वटा रकेट पटाका, ८० वटा गमला पटाका, एक सय वटा बुलेट पटका, लामो रकेट पटाका १९० वटा लगायत पनि बरामद गरिएको छ ।

प्रहरीका अनुसार ना ६ ख ७११४ नम्बरको बस चेकजाँच गर्ने क्रममा रौतहटको पिन्टु जैसवालले पटाका ल्याएको खुलेको थियो । दुवै घटनामा मुलुकी अपराध संहिता, २०७४ अनुसार विष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा