१९ मंसिर २०७८, आईतवार

गण्डकीमा एक सय ५५ जना संक्रमित थपिए, दुई जनाको मृत्यु

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार २२:२९


१२ कार्तिक, गण्डकी ।  गण्डकी प्रदेशमा एक सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या छ हजार ९४५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोदविन्दु शर्माले जानकारी दिए ।

थप हुनेमा कास्कीका ९८, नवलपरासी ‘बर्दाघाट सुस्ता पूर्व’का १६, तनहुँका १४, स्याङजाका १२, गोरखाका ११, बाग्लुङका दुई, मुस्ताङ र स्याङ्जाका एक÷एक जना छन् । गण्डकीमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

गोरखाको बारपाक सुलिकोटका १९ वर्षीय महिलाको मंगलबार दिउसो ३ः४५ बजे भरतपुर अस्पताल, चितवनको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको निर्देशनालयले जनाएको छ । त्यस्तै नवलपरासी ‘ब.सु.पू’ गैंडाकोटका ५४ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार साँझ ५ः२६ बजे चितवन मेडिकल कलेज, चितवनको सघन उपचार कक्षमा निधन भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा