तेली समाजद्वारा मित्र मिलन समारोहको आयोजना
नेपालबहस संवाददाता
कात्तिक १३, २०७७ बिहिबार ५:५३:६
♦ धीरुभाइ
१२ कार्तिक सप्तरी । तेली कल्याण समाज सप्तरीले विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा बुधबार २६ औं मित्र मिलन समारोह आयोजना गरी शुभकामना अदान प्रदान गरेको छ ।
मित्र मिल समारोहलाई उद्घाटन गर्दै प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले सामाजिक परिवर्तन भएमा मात्र राजनीतिक परिवर्तन आउने र राजनीतिक परिवर्तनले जातीय उत्थान हुने विचार व्यक्त गरे । सामाजिक परिवर्तनको लागि सामाजिक उपब्धि हासिल गर्नुपर्ने उनले यसको लागि समाजका बिकृति, बिसंगी, कुरिती, भेदभाव लगायतलाई न्यूनिकरण गर्नुपर्नेमा जोड दिए ।
कृषि मन्त्रलायले साना सिचाइँको लागि स्यालो ट्युवेल, पावर ट्याक्टर, पशु अस्पताल लगायतको कार्यक्रम निकट भविष्यमै सञ्चालन गर्न लागेको जानकारी दिदै उनले एक कठ्ठादेखि १० कठ्ठासम्मका कृषकलाई खेतीमा सहयोग पुग्ने उद्देश्यले सिधै खातामा १० हजार रुपैया अनुदान पठाउन लागेको बताए ।
तेली कल्याण समाजका अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रदेश २ का सभा सदस्य नेत्र बिक्रम साह, साह सेवा सदनका अध्यक्ष दुर्गा साह, समाजका केन्द्रिय सदस्य सुनिता साह, साह शिक्षक तथा कर्मचारी मिलन केन्द्रका अध्यक्ष धर्मदेव साह, जिल्ला वार इकाइका अध्यक्ष डोमन साह, साह युवाका अध्यक्ष रामअधिन साह, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह, सदनका संस्थापक अध्यक्ष रामचन्द्र साह, साह सेवा सदनका अध्यक्ष प्रत्यासी योगानन्द साह, अरहुलदेवी साह लगायतले आर्थिक, सामाजिक, शैक्षिक एवं राजनीतिक उत्थानमा जोड दिए ।
तेली कल्याण समाज, साह सेवा सदन, साह शिक्षक तथा कर्मचारी मिलन केन्द्र, साह महिला, साह युवाको संयुक्त आयोजनामा आयोजित सो कार्यक्रममा अवकाश प्राप्त २५ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको छ । सोही कार्यक्रममा विशेष योग्दान पु¥याएका कर्मचारी गंगा साह, योगानन्द साह, र कामेश्वर साहलाई समेत सम्मान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार