२२ मंसिर २०७८, बुधबार

दशैँको भोलीपल्टै अमेरिका उडिन् वर्षा

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १०:३८


१३ कातिृक, काठमाडौं । दशैँको टिका थापेर नायिका वर्षा सिवाकोटी अमेरिका उडेकी छिन् । उनी, विजयादशमीको भोलीपल्टै अमेरिका उडेकी हुन् । नायिका सिवाकोटीले आफू करिब १ महिना अमेरिकामा बस्ने बताएकी छिन् ।

उनी अमेरिका घुमघाम र कामका लागि गएकाे बताएकी छिन् । दशैं अगाडि नै वर्षाको अमेरिका जाने पक्का भएको हो । दशैं सकिए लगतै चलचित्र ‘परदेशी २’ को टिमले छायांकन सुरु गर्ने बताएको छ ।

अमेरिकाको दृश्य नेपालमै खिच्ने योजना यो चलचित्रको टिमको छ । तर, वर्षा अमेरिका उडेपछि चलचित्रको छायांकन प्रभावित हुने संभावना छ । किनकी चलचित्रका लागी  नायिका वर्षा र नायक प्रकाश सपुतका दृश्यहरु खिच्न बाँकी रहेको वुझिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा