कैदीबन्दी र सुरक्षाकर्मीको स्वाब संकलन गर्न शुरु
नेपालबहस संवाददाता
कात्तिक १३, २०७७ बिहिबार १७:४८:३७
१३ कार्तिक, डोटी । जिल्ला कारागार डोटीमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीको स्वाब संकलन गरिएको छ । पछिल्लो समय कारागारमा विभिन्न मुद्दाका व्यक्तिहरु पुर्पक्षका लागि राखिएका कारण कारागारमा रहेका सबै कैदीबन्दीको कोरोना जाँचका लागि स्वाब संकलन गरिएको हो ।
कारागार प्रशासन प्रमुख शेरबहादुर बोगटीका अनुसार कैदीबन्दी, सुरक्षामा खटिएका नेपाली सेना, प्रहरी तथा कारागार प्रशासनका कर्मचारी गरी जम्मा २५ जनाको स्वाब संकलन गरी जिल्ला अस्पतालमा रहेको कोरोना परीक्षण प्रयोगशालामा पठाइएको हो ।
जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि कारागारमा कोरोना जोखिम नहोस् भन्ने उद्देश्यले कैदीबन्दीसहित सुरक्षाकर्मीको स्वाब संकलन गर्न शुरु गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले बताए ।
उनले भने, “कारागारमा कोरोना सङ्क्रमण देखिए कैदीबन्दीलाई समस्या निम्तिने भएकाले हामीले आजबाट सबैको स्वाब संकलन गरी जाँचका लागि पठाउन थालेका छौँ, आशा छ सबैको रिपोर्ट नेगेटिभ आउने छ ।” कारागारमा कोरोना भित्रिन नदिनका लागि कैदीबन्दी भेटघाटलाई समेत बन्द गरिएको छ । जिल्ला कारागारमा हाल ४५ विभिन्न मुद्दाका कैदीबन्दी जेल जीवन बिताइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको राशिफल
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार