१९ मंसिर २०७८, आईतवार

सर्लाही घर जल्दा १५ लाखको बराबरको क्षति

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १२:२३


Five houses gutted in fire in Jhapa and Chitwan

१३ कार्तिक, मलङ्गवा । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर–१४ लालदियरमा एक घर जलेर १५ लाख बराबरको क्षति भएको छ । स्थानीय रामबिहारी महतोको काठले बनेको दुई तल्ले घरमा गए राति आगलागी भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

घरका व्यक्तिहरु राति नाच हेर्न गएको समयमा घरमा आगलागी भएको उहाँले बताउनुभयो । आगलागीबाट धान, गहुँ, चामल, दाल, लत्ता कपडा, भाँडा बर्तन, टिभी, सिलाई मेसिन, दराज, सुन चाँदी लगायत घर भित्र रहेका सम्पूर्ण समान जलेर १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, हरिवन नगरपालिकाको बारुण यन्त्र र स्थानीयको सहयोगमा आज बिहान आगो नियन्त्रणमा आएको थियो । घर पूर्ण रुपमा जलेर क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा