२२ मंसिर २०७८, बुधबार

विभागबाट तयार भएर आएका स्मार्ट लाइसेन्स धान खेतमा !

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १२:४८


१३ कार्तिक, जनकपुरधाम । जनकपुरधाममा धान खेतमा फालिएको अवस्थामा तीन सय थान जति स्मार्ट लाइसेन्स भेटिएको छ । यातायात ब्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाहरूले फेला पारेका हुन् ।

धान खेतमा फेला परेको ३ सय थान जति लाइसेन्सहरु संकलन गरेर उनीहरूले यातायात कार्यालयलाई बुझाएका छन् । यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि प्रश्न खडा भएकाे छ ।

कसैले गलत नियत राखेर लाइसेन्स फालेको हुन सक्ने बताउँदै यातायात कार्यालयले जनाएको छ । तेसो त यातायात कार्यालय जनकपुरधाममा दलाल र बिचौलियाको सहज पहुँच छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा