१२ मंसिर २०७८, आईतवार

पोखरामा संक्रमित महिलाको उपचारको क्रममा मृत्यु

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १३:२४


१३ कार्तिक, पोखरा । पोखरामा एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड–१९ अस्पतालमा उपचाररत पोखरा महानगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।

आईसीयूमा उपचाररत ती महिलाको गएराति ११ बजे मृत्यु भएको हो । उनमा यही कात्तिक ५ गते संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन् । कोरोना संक्रमित भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी २० औं व्यक्ति हुन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा