१२ मंसिर २०७८, आईतवार

सेतीमा उपचाररत संक्रमित महिलाको मृत्यु

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १३:५८


१३ कार्तिक, कैलाली ।  धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको आज मृत्यु भएको छ । धनगढी, उपमहानगरपालिका–२ की ५७ वर्षीया महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

कडा खालको निमोनियाबाट ग्रसित महिलाको कार्त्तिक १० गतेदेखि अस्पतालको मेडिकल वार्डमा उपचार भइरहेको र उनमा १२ गते मात्रै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना अस्पतालमा सिफ्ट गरी उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । उनले भने, “उपचारका क्रममा ती महिलाको आज बिहान मृत्यु भएको हो ।”


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा