१९ मंसिर २०७८, आईतवार

शुक्रबार पैगम्बर हजरतको जन्मदिनमा प्रदेशमा विदा, मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १५:१९


सत्य र निष्ठाका मार्गमा हिँड्न कृष्णले प्रेरणा दिऊन् : मुख्यमन्त्री राउत

१३ कार्तिक, जनकपुरधाम ।  इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद ‘स’को जन्मदिनको अवसरमा प्रदेश २ को सरकारले कार्तिक १४ गते शुक्रवार सार्वजनिक विदाको घोषणा गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको अवसरमा शुभकामना मन्तव्य जारी गर्नु हुँदै प्रदेशमा विदा समेत रहेको जानकारी गराए।

उनले जारी गरेको शुभकामना सन्देशमा ‘ इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद ‘स’को जन्मदिनको अवसरमा सम्पूर्ण इस्लामधर्मावलम्बी तथा प्रदेशवासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ उल्लेख छ ।

मुख्यमन्त्री राउतले प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बर हजरत मोहम्मद ‘स’ को प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरुन भनि कामना समेत गरे ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा