२२ मंसिर २०७८, बुधबार

अब पार्किङको निगरानी गर्न नगर प्रहरीको नियमित ड्युटी

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १५:३९


१३ कार्तिक, काठमाडौं । बिहीबारबाट ललितपुर महानगरपालिकाको मुख्य चोकमा नगर प्रहरी बलले नियमित ड्युटी सुरू गरेकाे छ । ट्राफिकसँग मिलेर सवारी व्यवस्थापन, चोक आसपासको सडकको अवस्थाको रेखदेख, फुटपाथ नियन्त्रण, पार्किङको व्यवस्थापन लगायतका काम गर्ने गरी बिहीबारबाट ६ वटा चोकमा नगर प्ररहीको नियमित ड्युटी सुरू गरेकाे हो ।

मेयर चिरीबाबु महर्जनको योजना र निर्देशन अनुरुप नगर प्रहरी बलले कुपण्डोल क्षेत्र, हरिहरभवन चोक, पुल्चोक, जाउलाखेल, लगनखेल, मंगलबजारमा नगर प्रहरीले नियमित ड्युटी सुरु गरेको छ ।

बल प्रमुख सीताराम हाछेथुलेका नगर प्ररहीले नै विदेशमा ट्राफिक व्यवस्थापन गर्ने गरेको स्मरण गराउँदै अब नियमित रुपमा चोमा खटिएर ललितपुर नगरप्रहरी बलले ट्राफिकसँगै काम गर्ने छ ।

ललितपुरले सडकमा बनाएको साइकल लेनलाई प्रभावकारी बनाउन र जथाभावी हुने पार्किङको निगरानी र नियन्त्रण गर्न पनि अब ललितपुरको नगर प्ररही बल आफैंले काम गर्ने भएको छ । ललितपुरमा अहिले ७२ जना नगर प्रहरी छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा