अमरगढी किल्लामा नेपाली सेनाद्वारा कोतघर निर्माण
नेपालबहस संवाददाता
कात्तिक १३, २०७७ बिहिबार २२:२:५२
१३ कार्तिक, डडेल्धुरा । ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्लामा नेपाली सेनाले कोतघर निर्माण गरेको छ । त्यहाँ रहेका पुराना हातहतियारको खोजी गरी राख्न र पुस्तकालय स्थापनाका लागि कोतघर निर्माण गरिएको हो ।
पुरानो कोत घर भत्किएपछि पर्यटकलाई किल्लाका बारेमा जानकारी लिन समस्या भएकाले नेपाली सेनाको सिमिक कार्यक्रमअन्तर्गत करीब रु २० लाखका लागतमा कोतघर निर्माण गरिएको रणबम गणले जनाएको छ । हतियार राख्नाका साथै पुस्तकालयसमेत रहने गरी निर्माण गरिएको कोतघर अमरगढी नगरपालिकालाई आज हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले कोतघरमा राख्नका लागि आवश्यक पर्ने सामग्रीका लागि समन्वय गरिने बताए । नगरपालिका प्रमुख विश्वेश्वर ओझाले किल्ला घुम्न आउने पर्यटकलाई सहजै जानकारी दिने उद्देश्यले कोतघरमा हतियारका साथै पुर्खाले अङ्ग्रेजसँग लड्दाका बेला प्रयोग भएका सामग्री राखिने जानकारी दिए ।
कोतघर निर्माणसँगै किल्लामा पर्यटकको आर्कषण बढ्ने विश्वास लिइएको छ । विक्रम सम्वत् १८४७ मा कर्णालीवारि राज्य सञ्चालनका साथै महाकालीपारि कुमाउँ आक्रमण गर्दाका समयमा अमरसिंह थापाले सो किल्ला निर्माण गरेका थिए । पछि उनकै नामबाट किल्लाको नामकरण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार