२२ मंसिर २०७८, बुधबार

आजदेखि बन्द रहेको स्वास्थ्य सेवा सञ्चालनमा

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १६:२३


१३ कार्तिक, हुम्ला ।   हुम्ला स्वास्थ्य सेवा कार्यालयमा पीसीआर जाँच गर्दा गत असोज १२ गते सर्केगाड गाउँपालिका–५ गोठी गाउँकी २१ वर्षीया किशोरी शाहीलाई कोरोना संक्रमण देखिएको थियो ।

त्यसलगतै विद्युत् कार्यालयका तीन जना, सशस्त्रका दुई जना, ताँजाकोट गाउँपालिकाका एक शिक्षक र स्वास्थ्य सेवा कार्यालय सिमकोटकी एक अनमी गरी जम्मा ८ जनालाई कोरोना संक्रमण देखिएपछि विद्युत् कार्यालय र स्वास्थ्य सेवा कार्यालयमा घेरा बन्दी गरिएको थियो ।

यही कार्तिक ३ गतेदेखि १२ गतेसम्म बन्द रहेको स्वास्थ्य सेवा कार्यालय सञ्चालनमा आएको स्वास्थ्य सेवाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा