१२ मंसिर २०७८, आईतवार

आजको बजारमा करेक्सन आउनुको यस्तो छ प्राविधिक कारण ?

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १७:०९


१३ कार्तिक, काठमाडाैं । हिजो बजारमा  देखिएको आकर्षक वृद्धिलाई आजको बजारले साथ दिन सकेन । नेप्से परिसूचक १ दशमलव ७८ अंकले घट्दै १६४५ दशमलव ६७ को विन्दुमा बन्द भएको छ । वाणिज्य बैंक उपसुचकमा करेक्सन आउँदा समस्त बजारलाई नै प्रेसर पुगेको हो ।

आज १९२ कम्पनीको शेयर कारोवार हुँदा ३ अर्ब ०३ करोडको शेयर कारोवार भएको छ । नेप्से परिसूचक शुन्य दशमलव ११ प्रतिशतले घटेको छ । बजार १६६१ दशमलव ६४ को विन्दुमा खुलेकोमा बजारको उच्च विन्दु १६६३ दशमलव ४१ रहेको छ। बजारले १६४० दशमलव ४८ को न्यून विन्दु समातेको थियो ।

आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :

आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :

आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :

आजको बजार १६६३ को विन्दु सम्म पुगेर फर्किएको छ । वर्ष २०२० को मार्च महिनामा बजार ईण्ट्राडे मा १६६७ को विन्दुबाट फर्केको थियो भने आज पनि त्यही विन्दुको वरिपरिबाट बजार फर्केको छ ।  यसको अर्थ प्राविधिक भाषामा आजको यो क्षेत्र एउटा प्राविधिक प्रतिरोधको रुपमा अघि सरेको छ ।  बजारको बुलिस सेन्टिमेन्टमा यस्ता प्रकारका प्रतिरोधमा बजारले सामान्य संघर्ष गर्ने गरेको पाईन्छ।

(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा