२२ मंसिर २०७८, बुधबार

काठमाडौंका प्रजिअ दाहाललाई पनि कोरोना पोजेटिभ

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १८:१०


१३ कार्तिक, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टी भएको छ । उनले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन् । दाहालले पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको छ ।उनलाई टाउको दुख्नेबाहेक अरू लक्षण देखिएको छैन । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले पनि दाहाललाई कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा