११ मंसिर २०७८, शनिबार

सांसद बस्नेतको आमासहित परिवारका आठ जना कोरोनामुक्त

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १८:५६


१३ कार्तिक, काठमाडौं । आमासहित परिवारका आठ जना कोरोनामुक्त भएपछि पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतको घरमा बल्ल आज दशैँको टीकाको चहलपहल देखिएको छ ।

छ महिना अगाडि मुटुको ‘ओपन हार्ट सर्जरी’पछि घरमा आराम गरी बसेकी सङ्घीय सांसद बस्नेतकी ६६ वर्षीया आमासहित परिवारका आठ जना कोरोना सङ्क्रमण भई घरमै आइसोलेसनमा १५ दिनसम्म बसेका थिए ।

बुधबार उनीहरु सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । मुटुको शल्यक्रिया गरेकी आमालाई कोरोना भएपछि निकै चिन्ता लागेको र १५ दिनमै उनले कोरोनालाई परास्त गरेपछि दशैँको टीका थाप्न पाउँदा खुशी लागेको सांसद बस्नेतले बताए ।

कोरोनाविरुद्ध लड्न आत्मबल चाहिने उल्लेख गर्दै उनले यसको खोप नआएसम्म दैनिकरुपमा तातोपानी, जिरा, बेसार, अदुवा, तुलसीको पात, गुर्जोजस्ता सामग्री सेवन गर्न सुझाव दिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा