१६ मंसिर २०७८, बिहीबार

धौलागिरी अस्पताल स्तरोन्नतिको काम सुरु, दुई सय शय्याको हुने

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १९:१२


१३ कार्तिक, काठमाडौं । गण्डकी प्रदेशको उपप्रादेशिक अस्पताल धौलागिरी अस्पतालको स्तरोन्नतिका लागि प्रक्रिया शुरु भएको छ । विसं. २०१६ मा डिस्पेन्सरीका रुपमा स्थापित सो अस्पताल ५० बाट अब दुईसय शै्यया क्षमताको हुने भएको हो । विसं. २०३३ मा जिल्ला अस्पताल र २०६७ सालमा अञ्चल अस्पतालको रुपमा स्तरोन्नति भएको यो अस्पताल नेपाल सरकारको निर्णयसँगै पुनः स्तरोन्नति हुन लागेको हो ।

अस्पताल पूर्वाधार विस्तारका लागि जग्गा खोज्न सङ्घीय, प्रादेशिक र स्थानीय तहका जनप्रतिनिधिसहितको बुधबारको बैठकले सर्वपक्षीय समिति गठन गरेको छ । समितिले एक महिनाको कार्यावधि पाएको छ । समितिको संयोजकमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगर रहेको व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए । बैठकमा गण्डकी प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. रामबहादुर केसीले अस्पतालका सेवा प्रवाह र भावी योजनाबारे जानकारी गराउँदै अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्नुपर्ने बताएका थिए । गण्डकी प्रदेश सरकारले कोभिड अस्पतालको घोषणा गरेको यो अस्पतालमा चार जिल्लाका छ लाख बिरामीले वार्षिक उपचार पाउँदै आएका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा