११ मंसिर २०७८, शनिबार

चन्द्रागिरि र ललितपुरको गोदावरीमा दुई जना मृत फेला

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १९:४३


१३ कार्तिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरि र ललितपुरको गोदावरीमा आज दुई जना मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार चन्द्रागिरि नगरपालिका १५ ढुङ्गेअड्डा खड्कुले खोला पुलमुनी ओखलढुङ्गा सिस्नेरी गाउँपालिका २ का ३६ वर्षीय माईला भन्ने गणेश नेपाली मृत फेला परेका छन् ।

यस्तै ललितपुरको गोदावरी नगरपालिका ३ टौखेल बस्ने ३३ वर्षीय श्रीराम कुँवर आफ्नै घरमा आज मृत फेला परेका छन । मृत्युको कारण भने नखुलेको र उक्त घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उता काठमाडौं महानगरपालिका ९ विजयचोक डेरा गरी बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोटकी मन्दिरा थापा भण्डारीको झण्डै डेढ लाख चोरी भएको छ । उनको कोठाबाट रु ४८ हजार रुपैयाँ नगद र ग्लोबल बैंँकको एटिएमबाट रु एक लाख चोरी भएको जनाइएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा