२२ मंसिर २०७८, बुधबार

बाँकेमा ६५ वर्षीय संक्रमित पुरुषको मृत्यु

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १९:४७


१३ कार्तिक, नेपालगञ्ज । बाँकेमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । दाङ राप्ती गाउँपालिका १ का ६५ वर्षीय पुरुषको आज दिउँसो कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

लामो समयदेखि मधुमेहका बिरामी उनमा कातिक १० गते कोरोना पुष्टि भई सोही दिन अस्पताल भर्ना भएका थिए । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका १७ जनाको संक्रमणका कारण मृत्यु भएको छ । बाँकेमा आज ३४ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा